समाचार
संक्षिप्त परिचय
काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०६८ को जनगणना अनुसार २८७४६ जनसङ्ख्या रहेको छ। नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खहरेपाँगु, शिखरआम्बोटे, महादेवटार, सिसाखानी, सिपालीचिलाउने, कटुन्जेबेशी, खार्पाचोक, मंगलटार,वाल्टिङ र भिमखोरी मिलाएर बनाईएको छ ।
रोशी गाउँपालिका काभ्रे जिल्लाको एक ऐतिहासिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । डाँडाकाँडाले भरिएको यस गाउँपालिकामा रहेको रोशी खोला को नाम बाट गाउँपालिकाको नामाकरण गारिएको हो । यस गाउँपालिकामा विषेश गरी हिन्दु र बौद्ध धर्मावलम्बिको बसोबास रहेको छ। तामाङ जातिको वाहुल्यता रहेको यस गाउँपालिकामा ब्राम्हण, क्षेत्री, मगर, नेवार, ठकुरी , कामी, दमाईको बसोबास रहेको छ। यहाँका नागरिकहरुले कृषि , पशुपालन र ब्यापारलाई मुख्य पेशाको रुपमा अङ्गाल्दै आएका छन्। प्राकृतिक सुन्दरताले भरिपुर्ण यो गाउँपालिका स्रोत र साधन मा धेरै अगाडि छ।
यस गाउँपालिकाले क्रमश: यस क्षेत्रको समग्र विकासका पहलहरु गर्दै लैजान हरेक वर्ष बार्षिक रुपमा योजना तथा कार्यक्रमहरु ठोस रुपमा तयार गरि अगाडि बढोरहेको छ.।
गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:
जम्मा वडा :१२ वटा
जनसंख्या: महिला(१५२१५) , पुरुष(१३५३१)
परिवार संख्या: ५८९६
औषत परिवार संख्या:४.८८
गाउँपालिकाको वडागत विवरण
हालको वडा नं साविकका गा.बि.स वडा विभाजन
१ खहरेपाँगु १ देखि ९
२ शिखरआम्बोटे ५,६,७,८
३ शिखरआम्बोटे १,२,३,४,९
४ महादेवटार १ देखि ९
५ सिसाखानि १ देखि ९
६ सिपालीचिलाउने १ देखि ९
७ कटुन्जेबेशी १ देखि ९
८ खार्पाचोक १ देखि ९
९ मंगलटार १ देखि ९
१० वाल्टिङ १ देखि ९
११ भिमखोरी १,२,३,४,५,६
१२ भिमखोरी ७,८,९
२०७९/०१/३० को स्थानीय तहको निर्वाचनवाट निर्वाचित गाउँपालिका प्रमुख श्री दिनेश लामा ज्यू र उपप्रमुख श्री मिम बहादुर वाईबा(ज्वाला) ज्यू रहनु भएको छ । रोशी गाउँपालिका कार्यपालिकाको पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ।
१) श्री दिनेश लामा - गा.पा अध्यक्ष
२) श्री मिम बहादुर वाईबा(ज्वाला) - गा.पा उपाध्यक्ष
३) श्री श्रीदास लामा - १ नं वडा अध्यक्ष
४) श्री हस्तमान लामा - २ नं वडा अध्यक्ष
५) श्री धनजीत लामा - ३ नं वडा अध्यक्ष
६) श्री तेज ब. मगर - ४ नं वडा अध्यक्ष
७) श्री नीर ध्वज लामा- ५ नं वडा अध्यक्ष
८) श्री नारायण ब. शिवाकोटी- ६ नं वडा अध्यक्ष
९) श्री अशोक गौतम- ७ नं वडा अध्यक्ष
१०) श्री जित बहादुर तामाङ - ८ नं वडा अध्यक्ष
११) श्री जनम तामाङ - ९ नं वडा अध्यक्ष
१२) श्री विकेन तामाङ - १० नं वडा अध्यक्ष
१३) श्री लाल कुमार पाख्रीन - ११ नं वडा अध्यक्ष
१४) श्री बसन्त कुमार तामाङ- १२ नं वडा अध्यक्ष
१५) श्रीमती सिता लामा - गाउँ कार्यपालिका सदस्य
१६) श्रीमती रिता कोईराला - गाउँ कार्यपालिका सदस्य
१७) श्रीमती लक्ष्मि माया तामाङ - गाउँ कार्यपालिका सदस्य
१८) श्रीमती बिनिता कुमारी तामाङ - गाउँ कार्यपालिका सदस्य
१९) श्री तुलसा नहादुर दमाई- गाउँ कार्यपालिका सदस्य
२०) श्रीमती सुनिता लामगादे- गाउँ कार्यपालिका सदस्य