काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०७८ को जनगणना अनुसार २३७९० जनसङ्ख्या रहेको छ। नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खह
विगत ११ महिना देखि रोशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत श्री टंक बहादुर नेगी सरको बिदाइ र नयाँ आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री गणेश पाण्डे सरको स्वागत कार्यक्रम । २०८३ असोज २३
रोशी गाउँपालिकाबाट भूमि प्रशासन सम्बन्धी सेवाको सुरुवात । पहिलो आउने सेवाग्राहीलाई गाउँपालिका अध्यक्षज्युबाट खादा लगाएर सेवा प्रवाहको सुरुवात गरिएको । साविक मालपोत कार्यालय र नापी कार्यालयबाट प्रदान गरिने सेवाहरु अब गाउँपालिकाबाट नै प्राप्त हुनेछ । मिति
नवौं जिल्ला सभाको अवसरमा गाउँपालिकालाई गरिएको सम्मान ग्रहण गर्नुहुदै गापा उपाध्यक्ष
रोशी गाउँपालिकाको गाउँ सभाको १८ औ अधिवेशन सम्पन्न मिति २०८२-०९-१३ ।
रोशी गाउँपालिकाको स्मार्ट मोबाईल एप्लिकेशनमा गाउँपालिकाको सम्पुर्ण जानकारी समेटिएको डिजिटल Village Profile समेत समाबेश गरीएको छ । यस एप्लिकेशन डाउनलोड गर्नुभई गाउँपालिकाको हरेक जानकारी प्राप्त गर्नुहुन अनुरोध छ । मोबाईल एप्लिकेशन प्राप्त गर्ने किङ्क निम्न बमोजिम रहेको छ ।