FAQs Complain Problems

संक्षिप्त परिचय

काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक  हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०६८ को जनगणना अनुसार २८७४६ जनसङ्ख्या रहेको छ।  नेपालको  संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ।  यो गाउँपालिका साविकका १० वटा गाविसहरु खहरेपाँगु, शिखरआम्बोटे, महादेवटार, सिसाखानी, सिपालीचिलाउने, कटुन्जेबेशी, खार्पाचोक, मंगलटार,वाल्टिङ र भिमखोरी मिलाएर बनाईएको छ ।

रोशी गाउँपालिका काभ्रे जिल्लाको एक ऐतिहासिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । डाँडाकाँडाले भरिएको यस गाउँपालिकामा रहेको रोशी खोला को नाम बाट गाउँपालिकाको नामाकरण गारिएको हो । यस गाउँपालिकामा विषेश गरी हिन्दु र बौद्ध धर्मावलम्बिको बसोबास रहेको छ। तामाङ जातिको वाहुल्यता रहेको यस गाउँपालिकामा ब्राम्हण, क्षेत्री, मगर, नेवार, ठकुरी , कामी, दमाईको बसोबास रहेको छ। यहाँका नागरिकहरुले कृषि , पशुपालन र ब्यापारलाई मुख्य पेशाको रुपमा अङ्गाल्दै आएका छन्।  प्राकृतिक सुन्दरताले भरिपुर्ण यो गाउँपालिका स्रोत र साधन मा धेरै अगाडि छ।  

यस गाउँपालिकाले क्रमश: यस क्षेत्रको  समग्र विकासका पहलहरु गर्दै लैजान हरेक वर्ष बार्षिक रुपमा योजना तथा कार्यक्रमहरु ठोस रुपमा तयार गरि अगाडि बढोरहेको छ.।

 

 गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:

जम्मा वडा :१२ वटा

जनसंख्या: महिला(१५२१५) , पुरुष(१३५३१)

परिवार संख्या: ५८९६

औषत परिवार संख्या:४.८८

गाउँपालिका​को वडागत विवरण

हालको वडा नं  साविकका गा.बि.स  वडा विभाजन

१                           खहरेपाँगु                    १ देखि ९

२                         शिखरआम्बोटे               ५,६,७,८

३                           शिखरआम्बोटे             १,२,३,४,९

४                           महादेवटार                 १ देखि ९

५                           सिसाखानि                १ देखि ९

६                           सिपालीचिलाउने        १ देखि ९

७                           कटुन्जेबेशी                १ देखि ९

८                            खार्पाचोक                १ देखि ९

९                            मंगलटार                  १ देखि ९

१०                          वाल्टिङ                   १ देखि ९

११                          भिमखोरी            १,२,३,४,५,६

१२                         भिमखोरी                   ७,८,९

                                             

२०७९/०१/३० को स्थानीय तहको निर्वाचनवाट निर्वाचित गाउँपालिका प्रमुख श्री दिनेश लामा ज्यू र उपप्रमुख श्री मिम बहादुर वाईबा(ज्वाला) ज्यू रहनु भएको छ । रोशी गाउँपालिका कार्यपालिकाको पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ।

१) श्री दिनेश लामा - गा.पा अध्यक्ष

२) श्री  मिम बहादुर वाईबा(ज्वाला) - गा.पा उपाध्यक्ष

३) श्री श्रीदास लामा -  १ नं वडा अध्यक्ष 

४) श्री हस्तमान लामा - २ नं वडा अध्यक्ष 

५) श्री धनजीत लामा - ३ नं वडा अध्यक्ष

६) श्री तेज ब. मगर - ४ नं वडा अध्यक्ष

७) श्री नीर ध्वज लामा-  ५ नं वडा अध्यक्ष

८) श्री नारायण ब. शिवाकोटी- ६ नं वडा अध्यक्ष 

९) श्री अशोक गौतम- ७ नं वडा अध्यक्ष

१०) श्री जित बहादुर तामाङ - ८ नं वडा अध्यक्ष

११) श्री जनम तामाङ - ९ नं वडा अध्यक्ष

१२) श्री  विकेन तामाङ - १० नं वडा अध्यक्ष

१३) श्री लाल कुमार पाख्रीन - ११ नं वडा अध्यक्ष

१४) श्री बसन्त  कुमार तामाङ- १२ नं वडा अध्यक्ष

१५) श्रीमती सिता लामा - गाउँ कार्यपालिका सदस्य 

१६) श्रीमती रिता कोईराला - गाउँ कार्यपालिका सदस्य 

१७) श्रीमती लक्ष्मि माया तामाङ - गाउँ कार्यपालिका सदस्य 

१८) श्रीमती बिनिता कुमारी तामाङ - गाउँ कार्यपालिका सदस्य

१९) श्री तुलसा नहादुर दमाई-  गाउँ कार्यपालिका सदस्य

२०) श्रीमती सुनिता लामगादे- गाउँ कार्यपालिका सदस्य